बैशाख ३१ , २०७७ गुल्मी : जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका सबै नाका शिल गर्ने निर्णय गरेको छ ।
कोरोना नियन्त्रण संकट ब्यबस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले जेठ १ गते देखि ५ गते सम्म जिल्लाका सबै नाका शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६को ३ , संक्रमण रोग ऐन २०२० को दफा २ को २ अन्र्तगत र नेपाल सरकार मन्त्रि परिषदको मिति २०७७ बैशाख २४ गतेको बैठकको ६ नं को निर्णय अनुसार जिल्लाका सबै नाकाहरु शिल गर्ने निर्णय गरिएको शर्माले जानकारी दिए । जिल्लामा एम्बुलेन्स , शब बहान , मृत्यु संस्कार , बिधुत , संचार , खानेपानी , औषधी र इन्धन बाहेकका सबै सवारी , बैक बित्तिय संघ संस्थाहरु सबै बन्दहुने र स्थानीयहरुलाई पनि अति आवश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा दैनिक उपभोग्य बस्तुहरुका लागि बिहान ११ बजेदेखि १ बजेसम्मका लागि बिक्री बितरण गर्ने ब्यबस्था मिलाइएको छ । यदि कसैले निर्णय बिपरित कार्य गरेको पाइएमा कानुन अनुसारको कारवाही गरिने जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।