गाउँपालिकाका प्रत्येक वडामा हेलीप्याड निर्माण गरिने

0
730

तिलाचन पाण्डे
बैशाख ३१,२०७७ गुल्मी  : जिल्लाको धुर्कोट गाउँपालिकाले प्रत्येक वडामा हेलीप्याड निर्माण गर्ने जनाएको छ ।
बिपदको बेला अत्याबस्यक सामग्री ल्याउन पर्ने र कोही बिरामी परेमा हेलीकोप्टर मार्फत पठाउनु पर्ने भन्दै गाउँपालिकाका आठवटै वडामा हेलिकोप्टर बस्ने हेलीप्याड निर्माण गर्ने निर्णय गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लालाई जेठ १ गते देखि ५ गतेसम्म पाँच दिन सिल गरेसंगै लकडाउनलाई अझ बढी प्रभाबकारी बनाउनका लागि बिहीबारबाटै स्थान छनोट र हेलीप्याड निर्माण कार्यमा लाग्ने पोखरेलले जानकारी दिए । साथै बुधबार बसेको कार्यपालिकाको बैठकले जिल्ला भन्दा बाहिरबाट आउनेहरुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने र देबिस्थान प्राथमिक बिधालयमा २० बेडको आइसुलेसन कक्ष निर्माण गर्ने निर्णय समेत भएको पोखरेलले जानकारी दिए ।
हेलीप्याड निर्माण गर्न स्थान छनोटका लागि नेपाली सेनाको सहयोग लिइने गरी कार्यपालिकाको निर्णण भएको प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए ।
यता गाउँपालिकाबाट संचालित बिकास निर्माणका योजनाहरुको सम्झौता , सिफारिस तथा फरफारकका कार्यहरु पनि जेठ पाँच गतेसम्मका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

SHARE