बर्दियामा निकुञ्ज प्रवेश गरि अवैध कार्य गर्ने ५५ जना पक्राउ

0
364

विमला ढकाल,
बैशाख २९ ,२०७७ बर्दिया  :एक साताको अवधीमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्र प्रवेश गरि अवैध कार्य संलग्न रहेका ५५ जनालाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । पछिल्लो एक साताको अवधीमा अवैधरुपमा काठ चोरीनिकासी गर्ने जोधिपुर इलाकाबाट १ जना, मध्यवर्ती सामुदायिक वनमा रुखविरुवा हटाएर खनजोत गर्ने र क्यापिङ्ग गरि माछा मार्ने ठाकुरबाबा–२ बलातीका ८ जनालाई पक्राउ गरिएको छ ।

यस्तै सामुदायिक वन अतिक्रमण गरि पक्की घर बनाउने ठाकुरबाबा– ८ का ३ जना, बोक्रा ताछेर रुख सुकाउने ८ जना र निकुञ्ज क्षेत्र भित्र पर्ने बबई नदीमा अवैधरुपमा माछा मार्ने सैनवार क्षेत्रका ३५ जनालाई पक्राउ गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

लकडाउनको मौका छोपेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन तथा वन्यजन्तुको तस्करीमा लागेका तस्कर धमाधम पक्राउ पर्न थालेका छन् । लकडाउनको बेला बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा गस्तीलाई झनै चुस्त बनाएपछि तस्करहरु धमाधम पक्राउ पर्न थालेका हुन ।

पक्राउ परेका उपर अनुसन्धान गरि कानुनी प्रकृया अघि बढाइएको निकुञ्जले जनाएको छ । लकडाउनको मौका छोपेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका विभिन्न स्थानमा तस्करहरु वन तथा वन्यजन्तुका अवैध क्रियाकलापमा संलग्न रहेको पाइएपछि निकुञ्जले सुरक्षामा थप कडाइ गरेको जनाएको छ । निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता पनि बढाएको छ ।

SHARE