तुलसीपुरका व्यापारीले पसल खोले

0
553

बैशाख २८, २०७७ दाङ  : प्रहरीले व्यवसायीमाथि कूटपिट गरेको विरोधमा बन्द भएको तुलसीपुरको बजार आजदेखि संचालनमा आएको छ। जिल्ला प्रशासन, स्थानीय प्रहरी, व्यवसायी र जनप्रतिनिधिबीच हिजो शनिबार भएको छलफलपछि आजदेखि तुलसीपुरमा अत्यावश्यक पसल पूर्वनिर्धारित तालिकाअनुसार खोलिएको छ।

प्रहरीले दुस्ख दिएको भन्दै व्यवसायीले पसल बन्द गरेका थिए। प्रहरीले अब त्यस्ता घटना नदोर्‍याउने जनाएपछि व्यवसायीले पसल खोल्न सहमति जनाएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले जानकारी दिए।

लकडाउनको समयमा अत्यावश्यक सामग्री राखिएका पसलका साथै सामान बोक्ने गाडीहरुलाई समेत चल्न दिने निर्णय गरिएको छ। बजारमा रहेको अस्तव्यस्त ता हटाउने र अत्यावश्यक पसल सूचारु पनि हुन दिने गरी निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले बताए।

SHARE