प्युठानका २ जनामा आरडीटी रिर्पोट पोजेटिभ

0
440

बैशाख २७ ,२०७७ प्युठान :प्युठानका २ जनामा आरडीटी टेस्ट पोजेटिभ देखिएको प्युठान नगरपालिकाका स्वास्थ्य संयोजक गाबिन्द घिमिरेले जानकारी दिए ।
उनीहरुको स्वाब संकलन गरि पिसीआर गरेपछि थप पुष्टिहुने उनले जनाए । क्वारेन्टाइनमा बसेका उनीहरुलाई आरडीटी गरेर घर फर्काउन लागिएका बेला रिर्पोट पोजेटिभ आएकाले उनीहरुलाई पुन क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको उमेर २० देखि ४५ बर्षबिचको रहेको घिमिरेले जानकारी दिए । उनीहरुको स्वास्थ्य अबस्था समान्य रहेको स्रोतले जनाएको छ ।

SHARE