गुल्मीमा भारतवाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ

0
488

बैशाख २६,२०७७ गुल्मी:  गुल्मीमा भारतवाट आएका ६८ जना व्यक्तिको स्वाँब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु सबैजना गत दुईसाता अघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका थिए । भारतवाट आएका सबैजनालाई स्थानीय पालिकाहरुले चौध दिनसम्म क्वारेन्टाईनमा राखेका थिए ।
प्रदेश प्रयोगशाला ल्याव रुपन्देहीमा किटको अभाव भएपछि पिसीआर टेष्टका लागि उनीहरुको स्वाँब संकलन गरि गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाईएको थियो । परीक्षणका लागि पठाईएका ६८ जना व्यक्तिहरुको स्वाँब रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिए ।
भारतवाट आएका व्यक्तिहरुको स्वाँब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाईनमा बसेका व्यक्तिहरु घर फर्किसकेका धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताएका छन । भारतवाट आएकाहरुमा कोरोनाको संक्रमण हुनसक्ने आशंकमा त्रसित बनेका स्थानीयहरु उनीहरुको स्वाँब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि त्रास हटेको पोख्रेलले बताए । यता रेसुंगा नगरपालिकाको महेन्द्र माध्यमिक बिधालयको क्वारेन्टाइनमा बसेका १४ जनालाई रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले शुक्रबार बिहान बिदाई गरेका छन् ।
सीमानाकामा अलपत्रपरि बसेका ६८ जना मध्ये धुर्कोट गाउँपालिकामा ५४ जना, रेसुंगा नगरपालिकामा १४ जना गरि ६८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

SHARE