गुल्मीमा ६८ जनाको पिसिआर नमुना संकलन , भैरहवा किट अभाव भएपछि पोखरा पठाइयो

0
572

बैशाख २४,२०७७ गुल्मी : रेसुङा नगरपालिका र धुर्कोट गाउँपालिकाका ६८ जनाको पिसिआर जाँचको लागि स्वाब नमुना संकलन गरिएको छ ।
मंगलबार भारतबाट आएका रेसुङा नगरपालिकाको महेन्द्र मावि क्वारेन्टाइनमा रहेका १४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । उनीहरु नेपाल–भारत नाकाको सुनौलीमा २८ दिन अलपत्र परेका थिए ।
रेसुङा नगरपालिकाका सात जना, मुसिकोट नगरपालिका तीन जना, छत्रकोट गाउँपालिकाका दुई जना, मदाने गाउँपालिकाका र चन्द्रकोट गाउँपालिकाका एक÷एक जनाको स्वाब संकलन गरिएको अर्यालले बताए । उनीहरु महेन्द्र मावि क्वारेन्टाइनमा १२ बैशाखबाट बस्दै आएका छन् ।
त्यस्तै धुर्कोट गाउँपालिकाले ५३ जना भारतबाट आएका र एक जना काठमाण्डौबाट आएकाको स्वाब नमुना संकलन गरेको छ । धुर्कोट गाउँपालिका वडा १ नयाँगाउँको खाल प्रावि क्वारेन्टाइनका १० जना, कालिका प्राविमा रहेका ३४ जना र वडा नं २ पिपलधाराको गणेश माविमा रहेका नौ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए ।
धुर्कोट गाउँपालिकाका ५३ जना पनि सुनौली नाकामा अलपत्र परेपछि २८ दिन क्वारेन्टाइनमा राखेर आरडिटी परीक्षण नेगेटिभ आएपछि गाउँ आएका थिए । आरडिटी रिर्पोट पोजेटिभ आएकाहरुलाई मात्र पिसिआर जाँच गर्ने गरिन्छ । तर उनीहरु लामो समय नाकामा बसेको र धेरै संक्रमित देशबाट आएकाले पुन ः पिसिआर जाँचको लागि नुमना संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानी शर्माले जानकारी दिए ।
मंगलबार सवैको स्वाब संकलन गरिएकाले भैरहवामा परीक्षण गर्ने केमिकल अभाव भएपछि पोखरा पठाइएको शर्माले जानकारी दिए । भारतबाट आएकाहरु नेपाल र भारत गरेर ३९ दिनसम्म क्वारेन्टाइनमा बस्दै आएका छन् ।

SHARE