थुक लगाएर तास फिट्दा कोरोना हुने भन्दै नखेल्न गाउँपालिकाको आग्रह

0
573

बैशाख २३, २०७७ सिन्धुपाल्चोक  : तास खेल्दा कोरोना संक्रमण फैलिने भन्दै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले तास नखेल्न अनुरोध गरेको छ।

आज मंगलबार गाउँपालिकाले एक सूचना नै जारी गरी यस्तो अनुरोध गरेको हो। तास खेल्दा हात जिब्रोमा लगेर थुक लगाएर तास फिटिने हुँदा त्यसबाट कोरोना संक्रमण हुनसक्ने भन्दै गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर १ अन्तर्गतका सबै टोलमा जुवातास नखेल्न तथा नखेलाउन सूचना जारी गरेको हो।

यदि तास खेलेको पाइए तथा तासै खेलेर कोरोना संत्रमण भएको थाहा पाइए नेपाल सरकार गृहमन्त्रालयको कानुनअनुसार कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ।

SHARE