गुल्मिदरबारका क्वारेनटाइनमा रहेका १३ जना डिस्चार्ज

0
931
 रामकृष्ण कडेल , बैशाख २३ गुल्मी  :  गुल्मिदरबार गाउपालिकाका बिभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएका १३ जना लाइ मङलबार डिस्चार्ज गरिएको छ ।गुल्मीदरबार गाउपालिका वडा नम्बर १ बलिथुम स्थित नरहरि कडेल माध्यमिक विध्यालयमा क्वारेनटाइनमा रहेका ९ जना बलिथुम कै रैनादेवि क्वारेन्टाइनमा रहेका २ जना , बलिथुम स्वास्थ्य चौकी क्वारेन्टाइनमा रहेका १ जना र गुल्मिदरबार गाउपालिका वडा नम्बर ३ गौडाकोट दौडाल क्वारेन्टाइनमा रहेका १ जना गरि  १३ जना लाइ  मङ्गलबार डिस्चार्ज गरिएको छ ।
क्वारेनटाईनमा बसेको उनिहरुलाई १४ दिन पुगिसकेकाले  र आज आरडिटि बाट रगत परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुदा उनिहरुलाइ आ -आफ्नो घर पठाइएको गाउपालिका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताउनु भएको छ ।
 अर्यालले  उनिहरुका परिवार तथा अभिभावक लाइ जिम्मा लगाएर घर पठाएका सबैले एक हप्ता होम क्वारेनटाईन बस्ने प्रतिबद्द्ता गरी डिस्चार्ज गरिएको जानकारी दिनुभएको छ । उनिहरु सबै  काठमाडौं  बाट बुटबल लकडाउनको समयमा गुल्मिदरबार गाउपालिका प्रवेश गर्दा गर्दै समातिएका थिए । क्वारेन्टाइन बाट डिस्चार्च गर्दै प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले क्वारेन्टाइन अवधि भित्र आ आफ्नो क्षेत्र बाट अहोरात्र खटिइ सेवा गर्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी  क्वारेन्टाइन ब्यवस्थापक , जनप्रतिनिधि , महिला स्वास्थ्य स्वयम् सेविका लगाएत सम्पुर्णलाइ धन्यवाद दिनुभएको थियो। यसै बिच आज बुटवल बाट र पोखरा बाट आएका २ जना पुरुष लाइ बलिथुम स्वास्थ्य चौकी स्थित क्वारेन्टाइन र बुटवल बाट आएकि १ जना महिलालाइ गुल्मीदरबार ३ गौडाकोट निदुर  स्थित स्वामीपोखरि प्राबिको क्वारेन्टाइनमा राखिएको पनि स्वास्थ्य अधिकृत अर्यालले बताउनु भएको छ ।
SHARE