दीर्घ रोगीहरुको लगत संकलन गर्दै कालीगण्डकी गाउँपालिका

0
816
कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
बैशाख २२,२०७७ गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाले दीर्घरोगीहरुको लगत संकलन गरिरहेको छ ।
गाउँपालिकाले पालिका भित्र दीर्घरोगीहरुको संख्या पत्ता लगाई उनीहरुलाई केही राहत दिन सकिन्छ की भन्ने हिसाबले दीर्घरागीहरुको लगत संकलन गर्ने कार्य भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्र थापाले जानकारी दिए । उनले पहिले लगत संकलन गर्ने र त्यस पश्चात दीर्घरोगीहरुका लागि औषधी ल्याइदिने वा केही राहत दिने भन्ने बारेमा पालिकाले निर्णय लिने जानकारी दिए ।
लामो समयदेखि देश लकडाउनमा रहेका कारण दीर्घरोगीहरुलाई धेरै समस्या हुने भएकाले उनीहरुले सेवन गर्ने औषधी कार्ड र लगत संकलनको कार्य पश्चात पालिकाले केही निर्णय लिने जनाएको छ ।
यस अघि जिल्लाको सत्यवती गाउँपालिकाले भण्डै सात सय दीर्घ रोगीहरुलाई निशुल्क रुपमा औषधी बितरण गरेको थियो ।

SHARE