स्मार्ट कृषि गाउँलाई कृषि सामग्री बितरण

0
418

तिलाचन पाण्डे
बैशाख २१,२०७७ गुल्मी ः स्मार्ट कृषि गाउँका सदस्यहरुलाई कृषि सामग्री बितरण गरिएको छ ।
छत्रकोट गाउँपालिका वडा नं एकमा रहेको स्मार्ट कृषि गाउँ हुँगा तरकारी पकेट कृषि समूहलाई , एक हजार लिटरका ड्रम , प्लाष्टिक पोखरी , टनेल , क्यारेट , पानी तान्ने मोटर ,हजारी र बिउँबिजनहरु एक कार्यक्रमका बिच छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त , उपाध्यक्ष नर्भदा भण्डारी , कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरे ,कृषि अधिकृत हरि आर्चाय , वडा अध्यक्ष धातानन्द भुसाल ,प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले कृषि सामग्री हरुतान्तरण गरेका हुन् ।
स्मार्ट कृषि गाउँका लागि कृषि ज्ञान केन्द्र गुल्मीबाट ५० लाख र कृषकहरुको १० लाख गरी कुल यस आर्थिक बर्षमा ६० लाखको कार्यक्रम रहेको छ । कुल ५६ जना सदस्य रहेको स्मार्ट कृषि गाउँ हुँगा तरकारी पकेट कृषि समूहका सदस्यहरुले ब्यबसायीक रुपमा तरकारी खेती गर्दै आएका छन् ।
कृषि सामग्री बितरण गर्दै गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले नाम जस्तै गरी काम गर्नका लागि आग्रह गरेका छन् भने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले कृषिबाटै मनग्य आम्दामी लिन सकिने भएकाले ब्यबसायीक कृषि नै आम्दामीको मुख्य स्रोत बन्ने दाबी गरेका छन्

SHARE