मुसिकोटमा चट्याङले लागेर २ जना घाईते

0
357
सागर भण्डारी,गुल्मी वैशाख १८  : गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङले लागेर २ जना घाईते भएका छन् । बिहिवार बेलुकी परेको चट्याङले लागेर मुसिकोट नगरपालिका वडा नं १ मैदानका हेम बहादुर बलामी र ईन्द्र बहादुर परियार घाईते हुनुभएको स्थानीय समाजसेवी मोहन घिमिरेले जानकारी दिनुभएको छ ।
घाईते दुवै जना मध्ये हेम बहादुर बेहोस भएका थिए । अहिले भने उहाँको होस खुलेको घिमिरेले जानकारी दिनुभयो । त्यस्तै परियारको नाकमा चोट लागेको र अवस्था भने सामान्य रहेको छ । अहिले उक्त स्थलमा जिल्ला अस्पताल गुल्मीमा कार्यरत डा.कासिराम विकले उपचार गरिरहनुभएको छ ।
दुवै जनाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । चट्याङ्ले वडा नं १ का विभिन्न घरमा रहेका विद्युतीय मिटर बक्समा क्षति पुगेको घिमिरेले बताउनुभयो । यो समय अत्यधिक चट्याङ पर्ने समय भएकाले सचेत रहन र विद्युतिय सामाग्रीहरु गड्याङ्गुडुङ गरेको अवस्थामा बन्द राख्न पनि समाजसेवी मोहन घिमिरेले आग्रह गर्नुभएको छ ।
SHARE