रोजगारीको शिलशिलामा भारतमा रहेका मुसिकोटका २५ जना अलपत्र, खान बस्न नै समस्या भएको गुनासो

0
291

सागर भण्डारी,  बैशाख १८,२०७७ गुल्मी  : कोरोना भाइरस संक्रमण रोकथामका लागि भारत र नेपाल सरकारले गरेको लकडाउनका कारण रोजगारीका लागि भारत पुगेका मुसिकोटका २५ जना अलपत्र परेका छन् । भारतका विभिन्न स्थानमा होटलमा रोजगारी गर्दै आइरहेका उनीहरु होटल बन्द भएपछि आजसम्म आफुसम्म भएको पैशाले दैनिकी चलाएपनि विस्तारै अहिले भने अफ्ठ्यारो स्थिति आएको बताए ।
लकडाउनका कारण अहिले स्वदेश फर्कन पाइने बाटो कुरेर बसिरहेका छन् । आफूहरुलाई स्वदेश फकिर्ने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका छन् । कोरोना भाइरसभन्दा पनि भोकले मर्ने अवस्था आएकाले छिटो उद्धार गर्न मुसिकोट नगरपालिका वडा नं ५ स्थायी घर भई हाल कमल सुनारले दुखेसो गरे ।

मार्च २२ तारेखदेखि भारतले लकडाउनको घोषणा गरेपछि सबै काम बन्द भएको र पैसा पनि सकिन थालेको भारतमा रहेका दिपक अर्यालले बताए ।
३० दिनदेखि खान मुस्किल भइरहेको उनको गुनासो छ । साँघुरो कोठामा सुत्नुपर्दा निकै कष्ट हुने गरेको अर्यालले बताए । ‘बाहिर निस्कनै सकिँदैन, प्रहरीले लखेट्छ । हामी रोगले भन्दा भोकले मर्ने भयौं’, अर्यालले भने । त्यहाँ रहेका सागर खरेलका अनुसार मुसिकोट नगरपालिका वडा नं ५ का झण्डै १७ जना र बाँकी चन्द्रकोट गाउँपालिका गरी झण्डै २५ जना नेपाली भारतमा अलपत्र परेका छन् । उनीहरुले उद्धारका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने माग गरेका छन् ।
आशिस विकले भने, गोजिमा भएको पैशा यत्रो लामो समयको लकडाउनमा खाँदा नै सकियो अब त पैसा पनि सकियो, मोबाईलमा समेत पैशा छैन् । खै कोरोनाको भन्दा पनि अब के खाने भन्ने चिन्ताले पिरोल्ने भो । उनले जसरी भएपनि आफुहरुको उद्धार गरी कि त स्वेदश फर्काउने व्यवस्था मिलाउन नभए खाद्यान्नको जोहो गरिदिन आग्रह गरेका छन्

SHARE