पार्टीमा देखिएको असमझदारीलाई बिधिसंबत प्रक्रिया र आपसी छलफलको माध्यमबाट हल गर्न नेकपा गुल्मीको अपिल

0
489

बैशाख १८,२०७७ गुल्मी : नेकपा गुल्मीले केन्द्रिय पार्टीमा देखिएको असमझदारीलाई आपसी छलफल र बैठकका माध्यमबाट समाधान गर्न केन्द्रिय द्धय अध्यक्षहरुलाई अपिल गरेको छ ।
नेकपा गुल्मीका सचिब बिरबहादुर कार्की र अध्यक्ष मधुकृष्ण पन्तद्धारा हस्ताक्षर गरिएको अपिलमा पार्टी केन्द्रमा देखिएको समस्यालाई लिएर सार्बजनिक रुपमा आरोप प्रत्यारोप गर्ने , नेताहरुको चरित्र हत्या गर्ने , भ्रमपुर्ण समाचारहरु सम्पे्रषण गर्ने , अस्वस्थ आलोचना र तिक्तता ब्याक्त गर्ने जस्ता पार्टीको आन्तरिक जीवनलाई कमजोर बनाउने क्रियाकालापहरु नगर्न नगराउनुहुन पार्टी जिल्ला मातहतका नेता तथा कार्यकर्ताहरुलाई सचेत समेत गराइएको छ ।
साथै पार्टीमा देखिने यस्ता समस्याहरु क्षणिक हुने भएकाले धैर्यतापुर्वक रहन सबै नेता तथा कार्यकर्ता समर्थक र आम जनताहरुमा नेकपा गुल्मीले हार्दिक अनुरोध समेत गरेको छ ।
सुखी नेपाली समृद्ध नेपाल बनाउने लक्ष्य प्राप्ति गर्नु र कोरोना भाइरसको संकटबाट पार पाउनु आजको हाम्रो जिम्मेवारी समेत रहेको नेकपा गुल्मीद्धारा जारी अपिलमा उल्लेख गरिएको छ ।

SHARE