गुल्मीमा एकसय १८ जना क्वारेन्टाइनमा

0
437

तम्घास , बैशाख १८ गते ।
गुल्मीमा भारत लगायत जिल्ला बाहिरबाट आएका एक सय १८ जना क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो समयमा भारतबाटै एकै पटक ५२ जना आएका हुन् भने उनीहरुलाई सिधै क्वारेन्टाइनमा राखिएको जिल्ला बिपद ब्यबस्थापन समितिका अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । क्वारेन्टाइनमा रहेका मध्ये १९ जना महिला र ९९ जना पुरुष रहेको शर्माले जानकारी दिए ।
जसअनुसार गुल्मीदरवार गाउँपालिकामा १३ जना , कालीगण्डकीमा ५ जना ,धुर्कोटमा ५९ जना , मालिकामा तीन जना , इश्मामा १२ जना , चन्द्रकोटमा ११ जना , रुरुमा एक जना र रेसुंगा नगरपालिकामा १४ जना गरी कुल एक सय १८ जना स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
हालसम्म जिल्लामा ९८ जनाको ¥यापिड टेस्ट गरिएको र सबै जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । बिगत केही दिन देखी परेको पानीका कारण क्वारेन्टाइनमा रहेकाहरुलाई कुनै समस्या नभएको भन्दै सबै ब्यबस्थापन स्थानीय तह र क्वारेन्टाइनमा रहेका आफन्तहरुले गरिरहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

SHARE