कुलपूजामा पाँच जनाभन्दा बढी उपस्थित नहुँन मालिका गाउँपालिकाको आग्रह

0
520

बैशाख १८,२०७७ गुल्मी  :  जिल्लाको मालिका गाउँपालिका गुल्मीले कुलपूजामा पाँच जना भन्दा बढी उपस्थित नहुँन आग्रह गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भडारीद्धारा जारी गरिएको सूचनामा यहि बैशाख १७ गते गाउँपालिकाको निर्णय अनुसार बिश्वभर फैलिएको कोरोना भाइरसका कारण गाउँपालिका भित्र सनातन देखि गरिदै आएका कुलपूजा , मठमन्दिरहरुमा हुने पुजा लगायत धार्मिक तथा साँस्कृतिक महत्वका पूजापाठ तथा जमघटलाई परम्पराको निरन्तरता मात्र हुने गरि हाललाई पूजारी र तिनका सहयोगी सहित पाँच जना भन्दा बढी नहुने गरि ब्यबस्थापन गर्न आग्रह गरिएको छ ।
यदि कसैले गाउँपालिकाको जारी सूचनालाई पालना नगरे कानुन अनुसारको कारवाही गर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

SHARE