नेकपा गुल्मीको अपिल :पार्टी एकतालाई थप मजबुत बनाउँदै, सरकार र पार्टी संचालन गर्न जोड

0
1038

बैशाख १७,२०७७ गुल्मी :नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मीले केन्द्रिय नेतृत्व तहमा देखिएको असमझदारी , बहस र बिबादका बारेमा नेकपा गुल्मीको गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
पार्टी सचिव बिरबहादुर कार्की र अध्यक्ष मधुकृष्ण पन्तद्धारा हस्ताक्षर गरिएको अपिलमा पछिल्लो समयमा नेकपा भित्र सार्वजनिक रुपमा देखिएको बिबादले आम पार्टी कार्यकर्ता , कम्युनिष्ट आन्दोलन , पार्टी एकता र स्थायी सरकारप्रति जनमत प्रतिकुल हुने हुँदा यस प्रकारका क्रियाकलापहरुलाई तुरुन्त बन्द गरी पार्टी एकतालाई अझ मजबुत बनाउँदै सरकार र पार्टी संचालन गर्न र जनताको सुखी नेपाली सम्बृद्ध नेपाल को सपना पुरा गर्ने तर्फ लाग्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेको छ ।

SHARE