रामपुर साकोसको सदस्य सेवा पहिलो प्राथमिकता, व्याजमा छुट : अध्यक्ष श्रेष्ठ

0
657

सुशीला रेग्मी

वैशाख १७, पाल्पा :रामपुर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले सदस्य सेवा नै पहिलो प्राथमिकता रहेकाले लकडाउनको समयलाई मध्यनजर गर्दै व्याज रकम छुट दिइएको बताउनुभएको छ । संस्थाले नाफामुखी मात्र नभई सेवामुखी कार्यलाई जोड दिएर लकडाउनले व्यापार, व्यवसाय, उद्योग क्षेत्रमा ठुलो असर पारेकाले संस्थाबाट ऋण लिएका सेयर सदस्यलाई व्याजमा पाँच प्रतिशत रकम छुट दिने भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

चैत र वैशाख महिना भित्र बुझाउनुपर्ने ऋण वैशाख मसान्त भित्र बुझाएमा व्याजमा पाँच प्रतिशत छुट दिने उहाँ बताउनुहुन्छ । संस्थाबाट ऋण लिएर व्यापार, व्यवसाय गरेका सदस्यहरु मारमा परेकाले थोरै भएपनि राहत पुगोस् भनी व्याज छुट दिइएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

“लकडाउनको समयमा व्यापार व्यवसाय बन्द हुदा सदस्य सेवालाई मध्यनजर गर्दै व्याज वापत पाँच प्रतिशत रकम छुट दिनेछौँ” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

सहकारीले आईतवार, सोमवार, बुधवार र बिहिवार बिहान ११ वजे देखि दिउँसो १ वजे सम्म कार्यालय संचालन गरी सेवा दिदै आइरहेको सचिव लेखनाथ शर्मा मरासिनीले बताउनुभयो ।

सहकारीले कोरना भाइरस सङ्क्रमणको जोखिमका बाबजुद पनि लकडाउनको पालना गरेर सेवा दिइरहेको व्यवस्थापक रामचन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

SHARE