अन्धकारमुक्ति साकोसद्धारा सेवाग्राहीलाई व्याज छुट

0
627

सुशीला रेग्मी

रामपुर (पाल्पा) १७ वैशाख  : अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुरले लकडाउनलाई मध्यनजर गर्दै सेवाग्राहीलाई व्याज छुट दिने भएको छ । सहकारीमा ऋण लिएका सेवाग्राहीलाई लकडाउनले व्यापार व्यवसाय ठप्प रहेकाले व्याजमा दश प्रतिशत छुट दिने भएको हो ।

लकडाउनको समय भित्रको व्याज जेठ मसान्त भित्र बुझाएमा व्याजमा १० प्रतिशत छुट दिइने संस्थाका व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । लकडाउनको समय भित्रको व्याज जेठ मसान्त भित्र बुझाएमा मात्र व्याजमा छुट दिने निर्णय भएको उहाँ बताउनुहुन्छ ।

प्रधान कार्यालय रामपुर नगरपालिका ७ डुम्रीगाउँबाट विहान १० वजे देखि १ वजे सम्म र शाखा कार्यालयहरुमा आईतबार, मंगलबार र विहिबार विहान १० वजे देखि १ वजे सम्म सेवा दिइएको छ ।

सदस्य सेवालाई प्राथमिकता दिएर संस्थाले दुरी कायम गरी सेवा प्रवाह गरिरहेको अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ । सेवाग्राहीले लकडाउनको समयमा तिर्नुपर्ने ऋणलाई अनिवार्य नगराएपनि बुझाउन चाहाने सदस्यको ऋण असुली गर्दै आएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

लकडाउनको समयभित्र बुझाउनुपर्ने मिति भएपनि लकडाउन खुलेपछि असार मसान्त सम्म भुक्तानी गरेपनि जरिवाना नलिने संस्थाले जनाएको छ ।

पाल्पा जिल्लामै बित्तिय क्षेत्रमा नमुनाका रुपमा रहेको यस सहकारीले नाफामुखी नभई सेवामुखी कार्यलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छ । सहकारीले लकडाउनको समयलाई मध्यनजर गर्दै गरेको यस कार्यप्रति सेवाग्राही खुशी छन् ।

SHARE