गुल्मीमा क्वारेन्टाइन र राहत बितरणको अबस्था बुझन अनुगमन समिति

0
469

तिलाचन पाण्डे
बैशाख १७,२०७७ गुल्मी : गुल्मीमा राहत बितरण र क्वारेन्टाइनको अबस्था अनुगमन गर्न प्रदेश सांसदहरुको नेतृत्वमा अनुगमन समिति बनाइएको छ ।
जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा उक्त अनुगमन समिति गठन गरिएको जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ । क्षेत्र नं १ को क मा सांसद गीता थापाको नेतृत्वमा ख मा सांसद कमलराज श्रेष्ठको नेतृत्वमा जिल्ला समन्वय समितिका सदस्यहरु , कर्मचारी लगायतलाई सहभागी गराई अनुगमन समिति बनाइएको हो ।
यस्तै क्षेत्र नं २ को क मा सांसद खड्ग केशीको नेतृत्वमा र ख मा सांसद दिनेश पन्थीको नेतृत्वमा कर्मचारी , जिल्ला समन्वय समितिका सदस्यहरु लगायतको सहभागिता रहने जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ । गुल्मीमा पहिलो चरणमा १२ हजार २७० परिवारलाई राहत स्वरुप स्थानीय तहले खाद्यन्न बितरण गरिसकेका छन् भने लकडाउन अझै लम्बिए दोस्रो चरणमा राहत बितरणका लागि योजना बनाइरहेको गुल्मीका स्थानीय तहहरुले जनाएका छन् ।

प्रदेशले बनाउँने योजनामा उपलब्धी  : पद्रेश सांसद पन्थी
यस अनुगमन समितिले आगामी प्रदेशको बजेट र योजना निर्माणमा उपलब्धी हासिल गर्ने प्रदेश सांसद दिनेश पन्थीले दाबी गरेका छन् ।
बिश्वभर फैलिएको कोरोना भाइरसका कारण स्थानीय तहहरुमा के कति प्रभाब परेको छ , स्थानीय स्तरमा के कस्ता योजना छनोट गर्दा प्रभाबकारी हुने भन्ने बारेमा प्रदेशको आगामी बजेट र योजना निर्माणमा यस अनुगमनले ठुलो भूमिका खेल्ने पन्थीले बताए ।
परिणमको बारेमा अनुगमन  : समन्वय प्रमुख
यता जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीलाई पहिलो चरणको राहत बितरण गरेर पनि सकियो किन समिति भन्ने खबरमार्केटको प्रश्नमा उनले परिणमको अबस्था बुझनका लागि समिति बनाइएको दाबी गरे ।
उनले राहत बितरणमा जिल्लामा एकरुपता भए नभएको र राहत पाउनुपर्ने ब्याक्तिहरुले पाए नपाएको बारेमा पनि अनुगमन गरिने बताएका छन् । यस्तै जिल्लाभर निर्माण भएका क्वारेन्टाइन मापदण्ड अनुसार भए नभएको बारेमा पनि अनुगमन गर्ने बताएका छन् ।
यस्तै प्रदेश सांसदहरुको नेतृत्वमा बनेको अनुगमन समितिले आगामी बजेट निर्माणमा समेत के कस्ता योजनाहरु बनाउँदा प्रभाबकारी हुन्छ भन्ने बारेमा पनि मार्गदर्शन गर्ने पराजुलीको दाबी छ । संगै जिल्लामा संचालित स्थानीय तह, प्रदेश र केन्द्रबाट बिनियोजित योजनाहरुको अबस्थाको बारेमा पनि अनुगमन गरिने उल्लेख गरिएको छ ।

SHARE