गुल्मीमा राहत र क्वारेन्टाइन अनुगमन समिति

0
410

टोपलाल अर्याल
गुल्मी, १७ बैशाख :  जिल्ला समन्वय समिति गुल्मीले कोरोना रोकथाम तथा नियन्त्रणको बिषयमा अनुगमन गर्ने भएको छ । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश नं ५ को प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ, दिनेश पन्थी, खडग केसी, गीता थापा र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायतको उपस्थिती रहेको थियो ।

बैठकले प्रदेश निर्वाचन क्षेत्र अनुसार अनुगमन समिति गठन गरेको छ । निर्वाचन क्षेत्र नं १ ‘क’ मा प्रदेश सभा सदस्य गीता थापाको संयोजकत्वमा जिल्ला समन्वय समिति सदस्य चेतन बस्नेत, रमादेवि पुन र जिल्ला समन्वय समितिका खरिदार रेशमलाल भुसाल सदस्य रहेको अनुगमन समिति गठन गरिएको जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीले बताए ।
त्यस्तै निर्वाचन क्षेत्र नं १ ‘ख’ मा प्रदेश सभा सदस्य कमलराज श्रेष्ठको संयोजकत्वमा जिल्ला समन्वय समिति सदस्य हरि ज्ञवाली, गंगा पन्थ र जिल्ला समन्वय समितिका लेखापाल प्रेमलाल भण्डारी सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । निर्वाचन क्षेत्र नं २ ‘क’ मा प्रदेश सभा सदस्य खडग केसीको संयोजकत्वमा जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरी, दल बहादुर विक र जिल्ला समन्वय समितिका नायब सुब्बा नविन अर्याल रहेको अनुगमन समिति गठन गरिएको समन्वय अधिकारी मरासिनीले बताए ।

निर्वाचन क्षेत्र नं २ ‘ख’ मा प्रदेश सभा सदस्य दिनेश पन्थीको संयोजकत्वमा जिल्ला समन्वय समिति उपप्रमुख तुल्सी कुमारी श्रेष्ठ, उजेली विश्वकर्मा र जिल्ला समन्वय समितिका शाखा अधिकृत योगराज अर्याल सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।
अनुगमन समितिले बिहिबारबाट आआफ्नो क्षेत्रको स्थानीय तहमा भएका क्वारेन्टाइन र राहत वितरण लगायत कोरोना नियन्त्रण र रोकथामको बिषयमा भएका कामहरुको अनुगमन गर्ने जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिए । उनले भारत र नेपालकै कोरोना संक्रमित स्थानबाट आएका बाहेक अन्य ठाउँबाट आउनेलाई स्थानीय तहले तोकेको क्वारेन्टाइनमा राख्न सुझाव दिने निर्णय भएको बताए ।

SHARE