सुशीला रेग्मी
रामपुर (पाल्पा), १७ वैशाख : पाल्पाको रामपुर अस्पतालमा ज्वरो परीक्षण कक्ष निर्माण गरिएको छ । कोरना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न अस्पतालको परिषरमा युवाहरुद्धारा ज्वरो परीक्षण कक्ष निर्माण गरिएको हो ।
व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को अभावमा पनि ग्लोब्स मात्रै लगाएर पनि ज्वरो परिक्षण कक्ष भित्र बसेर स्वास्थ्य परीक्षण गर्न सकिन्छ ।
सीताकुण्ड आईटी एण्ड इन्जिनियरिङ प्रालीका संचालक सुरज भण्डारी, इन्जिनियर दिपेन्द्र न्यौपाने र युवराज न्यौपानेले आल्मुनियम उद्योगका शंकर भट्टराईको सहयोगमा ज्वरो परीक्षण कक्ष निर्माण गरिदिनुभएको छ ।
अस्पतालले उपलब्ध गराएको सामग्रीबाट युवाहरुले ज्वरो परीक्षण कक्ष तयार पारेपछि कोरना भाइरस सङ्क्रमणको जोखिम कम भएको अस्पतालका सुचना अधिकारी रामप्रसाद कोइराला बताउनुहुन्छ ।
विषम परिस्थितीमा सेवामा निरन्तर खट्ने स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै ज्वरो परीक्षण कक्ष निर्माण गरिएको सीताकुण्ड आईटी एण्ड इन्जिनियरिङ प्रालीका संचालक सुरज भण्डारीले बताउनुभयो ।