स्वास्थ्य साम्रागी सहयोग

0
361

बैशाख १६,२०७७ गुल्मी  : औषधी ब्यबसायी संघ गुल्मीले जिल्ला बिपद ब्यबस्थापन समितिका अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई स्वास्थ्य साम्रगी हस्तान्तरण गरेको छ ।
संघले एक हजार थान मास्क , एकहजार थान ग्लोभ्स र ५० थान स्यानिटाइजर हस्तान्तरण गरेको औषधी ब्यबसायी संघ गुल्मीका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । उहाँले यस बिपदको समयमा सामान्य भए पनि सहयोग गरौ भन्ने उदेश्यले स्वास्थ्य साम्रगी हस्तान्तरण गरेको बताए ।
जिल्ला बिपद ब्यबस्थापन समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले प्राप्त केही स्वास्थ्य साम्रगी नेपाल प्रहरीलाई हस्तान्त्रण गरेको जानकारी दिए । उनले जनताको सेवाका निम्ति दिनरात नभनी खटिने नेपाल पह्ररीलाई केही स्वास्थ्य साम्रगी हस्तान्तरण गरेको जानकारी दिए ।

SHARE