पसलबाट प्रज्वलनशील पदार्थ बेचे कडा कारबाही

0
393

बैशाख १५,२०७७ गुल्मी  : गुल्मीमा कसैले पसलहरुबाट प्रज्वलनशील पदार्थ बेचे कारवाही हुने भएको छ । जिल्ला बिपद् व्यावस्थापन समितिको बैठकले पसलबाट प्रज्वलनशिल पदार्थ बेचे कडा कारवाही गर्ने भएको छ ।
बिपद् व्यावस्थापन समितिले पेट्रोलियम व्यावासायी संघले पेट्रोलियम पदार्थको अभाव हुन नदिने र पसलहरुबाट बिक्री वितरण तत्काल बन्द नगरे कडा कारबाही गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

बालबालिकालाई दिइने खोप तथा जेष्ठ नागरिक उपचार सेवा सुचारु गर्ने, अलपत्र परेका मजदुरलाई व्यावस्थापन गर्ने, विपन्न परिवारलाई केन्द्रीय मापदण्ड अनुसार खाद्यान्न राहत उपलब्ध गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।
त्यस्तै जिल्ला बाहिरबाट आउने तरकारी, फलफुल, अण्डा, मासु, कुखुरा, माछालाई विषादी जाँचपास, क्वारेन्टाइन चेकजाँच गरेको प्रमाणपत्र र जिल्लाको अनुमती लिएको आधारमा मात्र प्रवेश दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । प्रत्येक एम्बुलेन्सलाई पार्टेसन गर्ने र अक्सिजन सिलिण्डर अनिवार्य रुपमा राखेर मापदण्ड अनुरुप संचालन गर्ने यदि कसैले मापदण्ड बिपरीत गरेको पाइएमा कडा कारवाही गर्ने समेत निर्णय भएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
यसै गरी आगलागीबाट क्षती कम गर्नका लागि जिल्लाका प्रत्येक स्थानीय तहहरुले दमकल किन्ने निर्णय समेत भएको सूचना अधिकृत पाण्डेले जानकारी दिए ।

SHARE