नेविसंघ गुल्मीका नेता राम्जी पन्थीद्वारा कोरोना विपद् कोषमा राहत रकम

0
706
रमेश विश्वकर्मा
गुल्मी, वैशाख १४ : कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले स्थापना गरेको राहत कोषमा नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति राम प्रसाद पन्थी (राम्जी) ले आर्थिक सहयोग गरेका छन् ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको प्रकोप व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले स्थापना गरेको उक्त राहत कोषमा विद्यार्थी नेता पन्थीले व्यक्तिगत रुपमा ५१ हजार राहत रकम सहयोग गरेका हुन् । विद्यार्थी नेता पन्थीले आईतवार रेसुङ्गा नगरापालिकाको कार्यालयमा गई नगर प्रमुख डिल्लीराज भुसाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
कारोना भाइरस (कोभिड–१९) का कारण दैनिक गुजारा गरि जिवनयापन गर्ने, असहाय विपन्न वर्गका समूदाय तथा विपद् व्यवस्थापनमा सहयोग होस् भनेर उक्त राहत रकम सहयोग गरेको विद्यार्थी नेता पन्थीले बताए । उनले जिल्लामा आर्थिक अवस्था कमजोर र अति विपन्न परिबारका बिद्यार्थीलाई कापीकलम, किताब, झाेला जस्ता शैक्षिक सामग्री बितरण गर्दै अाएका छन् । जिल्लामा अति विपन्न र आर्थिक अवस्था कमजाेर भएका बिद्यार्थीको सम्पुर्ण जिम्मेवारी आफुले लिने घोषणा समेत गरेका छन् ।
SHARE