गुल्मीको मदानेमा दोस्रो चरणको राहत वितरण गरिने

0
814
गुल्मी, वैशाख १४ :  जिल्लाको मदाने गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने भएको छ । पहिलो चरणको राहत वितरण गरिसकेको गाउँपालिकाले लकडाउन लम्बिएपछि दोस्रो चरणको राहत वितरण गर्ने भएको हो ।
विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण गरिब, मजदुर तथ अति विपन्न घरपरिवार समस्यामा परेकाले दोस्रो चरणको राहत वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले १ हजार २ सय ३० विपन्न घरपरिवारलाई दोस्रो चरणको राहत सामग्री वितरण गर्न लागेको हो ।
वडा न. १ अग्लुङ्गमा १ सय ८० घरपरिवार, वडा न.२ बाझकटेरीमा २ सय, वडा न.३ सिर्सेनीमा २ सय, वडा न. ४ म्यालपोखरीमा १ सय ३०, वडा न. ५ मलागिरीमा १ सय ५०, वडा न. ६ पुर्कोटदहमा १ सय ७० र वडा न. ७ भनभनेमा १ सय ९० घरपरिवारलाई राहत वितरण गरिने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिईन । ‘ख’ वर्गमा परेका अतिविपन्न घरपरिवारलाई राहत सामग्री तत्काल वितरण गरिने बताइएको छ ।
यसका साथै विश्वव्यापी संकटमा रहेको कोरोना भाइरसको जोखिम बढेकाले नियन्त्रणका लागि अग्लुङ्गफेदीमा हेल्प डेस्क निर्माण गरिने भएको छ । गुल्मी र प्युठानको संगम स्थल अग्लुङ्ग फेदीमा हेल्पडेस्क निर्माण गरिने भएको हो । अग्लुङ्गफेदीको पारी पट्टी प्युठानबाट गुल्मी अग्लुङ्ग गाउँ आउने र अग्लुङ्गफेदी हुँदै अर्खा जानेहरुका लागि लक्षित गर्दै हेल्प डेस्क निर्माण गरिने बताइएको छ । गाउँमा बढेको जोखिम नियन्त्रण उच्च निगरानीका साथ गरी काम गरिने गाउँपालिकाले जनाएको छ ।
SHARE