कालीगण्डकी गाउँपालिकाद्धारा एक हजार २३३ परिवारलाई पहिलो चरणको खाद्यन्न बितरण

0
525
कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
बैशाख १४,२०७७ गुल्मी  : जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका एक हजार २३३ घर परिवारलाई खाद्यन्न बितरण गरेको जनाएको छ ।
देश लकडाउनमा रहेका बेला दैनिक काम गरेर साँझ बिहान खानेहरुका लागि खाद्यन्न समस्या भएको र पालिका भित्रका अति बिपन्न परिवारलाई खाद्यन्न बितरण गरेको कालीगण्डकी गाउँपालिकाले जनाएको छ ।
जस अनुसार वडा नं १ मा ११९, वडा नं२ १७८ , वडा नं ३ मा १५०, वडा नं ४ मा १०२ , वडा नं ५ मा १६१, वडा नं ६ मा ३३५ र वडा नं ७मा १८८ गरि कुल एक हजार २३३ घरपरिवारलाई खाद्यन्न बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए । पालिका भित्रका एक हजार २३३ परिवार भित्रका चार हजार ९९९ जना रहेको गाउँपालिकाले जनाएको छ ।
खाद्यन्न बितरणमा वडा स्तरबाट वडाका अति बिपन्न् परिवार र दैनिक ज्यालादारी गरेर खानेहरुको छनोट गरि वडा अध्यक्षको नेतृत्वमा खाद्यन्न बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

SHARE