बैशाख १४, २०७७ बर्दिया : भारतमा कोरोना पोजेटिभ देखिएका व्यक्तिका भाइको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
एक महिनाअघि ठाकुरबाबा नगरपालिकास्थित घर आएका उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। ती व्यक्तिसँगै परीक्षणका लागि पठाइएका अन्य चारजनाको रिपोर्ट पनि नेगेटिभ आएको छ।
वडा नम्बर २ सुजनपुरका एक, राजापुरको क्रसर उद्योगमा काम गर्ने तीनजना र जिल्ला अस्पताल बर्दियामा रहेका तीनजनाको स्वाब परीक्षणका लागि पठाइएको थियो। तीनमध्ये पाँचजनाको रिपोर्ट नेगेटिभ आएको र एकजनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिए।
सुजनपुरका एकजनालाई भारतको बहराइचमा कोरोना परीक्षण गर्दा पोजिटिभ पाइएपछि ठाकुरबाबा नगरपालिकामा थप कडाइ गरिएको छ।