गाउँपालिकाले छ सय ९१ जना दीर्घरोगीहलाई घरमै गएर दियो निशुल्क औषधी

0
383

तिलाचन पाण्डे
बैशाख १४, २०७७ गुल्मी  :  गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्र नियमित औषधी सेवन गर्र्ने छ सय ९१ जनालाई निशुल्क रुपमा घरमै औषधी लगिदिएको छ ।
पालिकाले बिभिन्न एक सय दुई प्रकारका औषधीहरु खरिद गरि स्वास्थ्य कर्मीहरुद्धारा घरमै गएर औषधी बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत यादब भण्डारीले जानकारी दिए । लकडाउनका कारण औषधी लिन जान नसक्ने , र गाउँमा बृद्ध बृद्धाहरु भएकाले निशुल्क रुपमा एक महिनाको औषधी घरमै गएर बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
लामो समय सम्म मुटु , स्वासप्रस्वास ,कलेजो , हाडजोर्नी , मृगौला , थाइराइड, युरिक एसिड, प्रोस्टे«ट ,नशासम्बन्धी , मधुमेह ,उच्च रक्तचाँप ,मानसिक समस्या लगायतका दीर्घ रोगीहरुलाई निशुल्क रुपमा औषधीको ब्यबस्था गरिएको हो । यसरी घरमै निशुल्क रुपमा औषधी पाएपछि दीर्घ रोगीहरुले गाउँपालिका दुखको साहरा भएको बताउँदै आएका छन् ।

यस्तै गाउँपालिकाले भारतबाट आयतित तरकारी र फलफूललाई पनि बेचबिखनमा रोक लगाएको छ भने यस अगाडी साँझ ५ बजेदेखि ७ बजेसम्म खाद्यन्नका लागि पसल खुल्ला राख्ने गरिएकोमा उक्त समयलाई परिमार्जन गरि दिउँसो ११ बजेदेखि १ बजेसम्म खाद्यन्न बिक्री बितरण गर्ने ब्यबस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

SHARE