दाङबाट पनि पिसिआर विधिबाट कोरोना जाँच सुरु

0
352

बैशाख १३, २०७७ दाङ  :  दाङमा पनि पिसिआर प्रविधिबाट कोरोना जाँच सुरु भएको छ। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शुक्रबारदेखि पिसिआर प्रबिधिबाट स्वाब परीक्षण सुरु भएको हो।

स्वाब भैरहवा तथा काठमाडौं पठाउनुपर्ने बाध्यता अब हट्ने छ। वैशाख १ गतेदेखि नै सुरु गर्ने भनिए पनि मेसिन आउन ढिला हुँदा प्रयोगशाला स्थापनामा समय लागेको प्रतिष्ठानका उपकुलपति डा। संगीता भण्डारीले बताइन्।

प्रतिष्ठामा अहिले १० जनाको स्वाब परीक्षण भइरहेको उनले जानकारी दिइन्। पिसिआरमा एकै पटकमा ८० जना सम्मको परीक्षण गर्न सकिने क्षमता भएकाले अब यस क्षेत्रका बिरामीलाई सहज हुने स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले बताइन्।

SHARE