हरेवाले घरमै गएर बितरण गय्रो सामाजिक सुरक्षा भत्ता

0
1374

बैशाख १३,२०७७ गुल्मी  : चन्द्रकोट गाउँपालिका वडा नं ६ हरेवाले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।
देश लकडाउनमा रहेका बेला घरचलाउन समस्या भएकाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता साहारा हुने भएकाले घर घरमै गई सामाजिक दुरी कायम गर्दै सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हरेवाका वडा अध्यक्ष गोकर्णराज शर्माले जानकारी दिए ।
शर्माका अनुसार वडाका करिव ८० जनालाई घरमै गई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको भन्दै वडाका नागरिकहरुको समस्याको बारेमा पनि जानकारी लिएको उनले दाबी गरेका छन् ।
वडाकै जनताहरुले आफूलाई मतदान गरेर निर्वाचित गराएको स्मरण गर्दै वडाका जनताहरुको सुुख अनि दुःखमा आफू संगै रहनुपर्ने आफनो दायित्व रहेको समेत उनले बताए ।
सामाजिक सुरक्षा भत्ता बितरण संगै वडाका नागरिकहरुको स्वास्थ्य अबस्था र खाद्यन्न अभाबको अबस्था बारेमा पनि जानकारी लिएको शर्माको दाबी छ ।

SHARE