अलपत्र १५ जनाको रेसुंगा नगरपालिकाले फेरी उद्धार गय्रो

0
529

बैशाख १३,२०७७ गुल्मी  :  रेसुंगा नगरपालिका गुल्मीले फेरी अलपत्र १५ जनाको उद्धार गरेको छ ।
नगरपालिकाले बिभिन्न स्थानबाट पैदलयात्रा गर्दै आएका दाङका १४ र सल्यानका १ जना गरि १५ जनालाई खानपानको ब्यबस्था संगै यातायातको ब्यबस्था गरी संम्बन्धीत स्थानसम्म जानका लागि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
नगरपालिकाले बिभिन्न स्थानबाट आएका अलपत्र मजदुरहरुलाई खाने बस्नेको ब्यबस्था संगै समबन्धीत स्थानसम्म जानका लागि यातायातको ब्यबस्था गर्दै पठाउँदै गरेको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । यस अगाडी पर्बत बाग्लुङबाट पैदल यात्रा गर्दै आएका मजदुरहरुले रेसुंगा नगरपालिकाले गरेको ब्यबस्थापन राम्रो भएको भन्दै उच्च प्रशंसा गर्दै आएका थिए ।
हालसम्म नगरपालिकाले अलपत्र मजदुरहरुलाई ११६ जनालाई उद्धार गरी यातायातको ब्यबस्थापन गर्दै सम्बन्धित स्थानसम्म पुर्याउदै आएको छ भने २२७ जनालाई अस्थायी क्वारेन्टाइनमा राखिएको अर्यालले जानकारी दिए ।

SHARE