
बैशाख १३,२०७७ हेटौडा : बाग्मती प्रदेश सरकारले प्रदेशभित्र भित्रने सवारी साधनलाइृ अनिवार्य सेनेटाइजर गरेर मात्र प्रबेश गर्न दिने भएको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौडा १५ रातामाटेमा अटोमेटिक सेनेटाइजर मेसिनको उद्घाठन गर्दै प्रदेश भित्रने सवारी साधनलाई अनिवार्य रुपमा सेनेटाइजर गर्नुपर्ने बताएका हुन् ।
उक्त मेसिनमा दूई सय लिटर सेनेटाइजर अटने भएकाले दूई हजार जनालाई सेनेटाइजर गर्न सकिने बाग्मती प्रदेश सरकारले जनाएको छ ।
एक लाख ६० हजारमा उक्त मेसिन निर्माण गरिएको हेटौडा उपमाहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । उक्त मेसिन एकदमै प्रभाबकारी रहने बाग्मती सरकारले जनाएको छ ।











