गुल्मीमा अनलाइनबाटै निबन्ध प्रतियोगिता

0
1278

बैशाख १२,२०७७ गुल्मी  :  जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समिति गुल्मीका संयोजक नरेशकुमार भण्डारीले व्यक्तिगत रुपमा लकडाउनमा अनलाईन निबन्ध प्रतियोगिता संचालन गरेका छन ।
उनले आज देखि यही बैशाख २५ गते सम्म धुम्रपान, मध्यपान र लागूपदार्थ नियन्त्रणमा परिवारको भूमिका विषयमा अनलाईन निबन्ध प्रतियोगिता संचालन गरेका हुन ।
घरमा बसिरहेका बालबालिकालाई सचनात्मक काममा व्यस्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।
नेपाली भाषामा निबन्ध टाइप गरी मिति २०७७ बैशाख २५ गते भित्र फेसबुक पेज नरेश कुमार भण्डारीको इन्बक्समा पठाउनु पर्ने नियम बनाएको उनले बताए । प्रतियोगिको निबन्धलाई फेसबुक पेज मार्फत प्रकाशन गरी शेयर गरिने र प्रथम,द्वितिय र तृतीय हुने प्रतियोगिलाई क्रमस नगद रु. ५ हजार, रु. ३ हजार र रु २.हजारबाट लकडाउन खुलेपछि पुरस्कृत गरिने छ ।
निबन्ध प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले आफुले अध्ययन गर्ने विद्यालयको नाम, एक प्रती फोटो र सम्पर्क नं. सहित भागलिन सक्नुहुनेछ ।
निबन्ध प्रकाशित भएको मितिले ७ दिन भित्रमा फेसबुक पेजमा आएको लाईक, शेयर र कमेन्टको आधारमा ३० अंक, विषयविज्ञको मूल्याङ्कनको आधारमा ५० अंक र टेलिफोन अन्तरवार्ताका आधारमा २० अंक प्रदान गरी निबन्धको मूल्याङ्कन हुने भण्डारीले बताए । थप जानकारीकालागि उनको फेसबुक पेजको इनबक्समा कुरा गर्न सकिने छ ।

SHARE