घरघरमै गई सामाजिक सुरक्षा भत्ता

0
598

तिलाचन पाण्डे
बैशाख १२,२०७७ गुल्मी :  गुल्मीको मालिका गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।
लकडाउनका कारण बृद्ध बृद्धाहरु बैकंसम्म जान सक्ने अबस्था नभएका कारण घरमै गएर सामाजिक दुरी कायम गरी सामाजिक सुरक्षा भत्ता बितरण गरीएको गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए ।
मालिका गाउँपालिकाका आठ वटै वडाका बृद्ध बृद्धाहरुको घरमै गई जनप्रतिनिधि , कर्मचारीहरुले सामाजिक दुरी कायम गरि सामाजिक सुरक्षा बितरण गर्ने कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । उनले करिब तीन करोड २२ लाख रुपैयाँ जति एक चौमासिकमा सामाजिक सुरक्षा भत्ता बितरण हुने जानकारी समेत दिए । अहिले बितरण भइरहेको सामाजिक सुरक्षा भत्ता  दोस्रो चौमासिकको रहेको समेत गाउँपालिकाले जनाएको छ ।

SHARE