बर्दियाका एक युवकमा रुपैडिहामा कोरोना संक्रमण

0
621

बैशाख १२,२०७७ बाके  :  बर्दियाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको बहराइचको क्वारेन्टाइनमा रहेका ठाकुरबाबा नगरपालिका–२ सुजनपुर बर्दियाका युवकमा कोरोना संक्रमण पुष्टि भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

रुपैडिहा बहराइचको सेल्टर क्वारेन्टाइनमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । बहराइचमा कोरोना संक्रमण देखिएपछि बाँके र बर्दियाको सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । रुपैडिहा नेपालगञ्जसँग जोडिएको सीमानाकाको भारतीय क्षेत्र हो ।

SHARE