क्वारेन्टाइनमै मदिराको धन्दा , मदिरा सेवन गरि आफनै श्रीमती कुटे

0
595

तिलाचन पाण्डे
बैशाख ११,२०७७ गुल्मी  :  गुल्मीमा क्वारेन्टाइनमै मदिराको धन्दा भइरहेको खुलेको छ ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं २ को पालुखा माध्यमिक बिधालयमा क्ब्वारेन्टाइनमा बसेका ब्याक्तिलाई नजिकैका पसल संचालक तारा खत्रीले क्वारेन्टाइनमा बसेका ब्याक्तिलाई मदिरा पुर्याइदिने गरेको खुलेको इश्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।
खत्रीका अनुसार क्वारेन्टाइनमा बसेका अमरपुरका २४ बर्षिय गोपाल गिरीलाई मदिरा पुर्याइदिने गरेको खुलेको र गिरीले मदिरा सेवन गरि आफू संगै बसेकी श्रीमती २० बर्षिय पुष्पा गिरीलाई कुटपिट गरेको र बारबार तनाब दिने गरेको उनकी श्रीमती पुष्पाले बताएको खत्रीले बताइन् ।
मदिरा बेच्ने ब्याक्तिलाई गाउँपालिकाको नियम अनुसार पाँच हजार जरिवाना तिराइएको इश्मा प्रहरी चौकीले जनाएको छ । मदिरा बेच्ने ब्याक्तिलाई तत्काल जरिवाना तिराएको भएपनि उसलाई अन्य कारवाही पनि गर्ने उपाध्यक्ष खत्रीले चेतावनी दिइन् । मदिरा सेवन गर्ने ब्याक्तिलाई हाल सम्झाई बुझाई क्वारेन्टाइनमा राखिएको र पछि आवश्यक कारवाही गर्ने गाउँपालिकाले जनाएको छ ।

SHARE