रामपुरको विजयपुर कृषि सहकारीले लोकल तरकारी घर घरमा पुर्याउने

0
492

सुशीला रेग्मी

वैशाख ११, पाल्पा : विजयपुर कृषि सहकारी संस्था रामपुर पाल्पाले लकडाउनको बेला उपभोक्तालाई मध्यनजर गर्दै घर घरमा तरकारी पु¥याउने भएको छ । कृषकबाट उत्पादित तरकारी सहकारीले सङ्कलन गरी गाडीमा रामपुर नगरपालिकाका विभिन्न बजार तथा गाउँ गाउँमा पुगेर उपभोक्तालाई तरकारी उपलब्ध गराउने तयारी गरेको छ ।

बुधवार संस्थाको कार्यालय रामपुर नगरपालिका ६ विजयपुर सातबिसे पार्कमा जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, सहकारीका पदाधिकारी, पत्रकार लगायतको बैठकले यस्तो निर्णय गरेको हो ।

आईतवार र बुधवार बिहान ७ : ०० वजेदेखि ९ :०० बजे सम्म सहकारीको सङ्कलन केन्द्र भवनमा तरकारी जम्मा गर्ने र सवारी साधनमा बजार तथा गाउँका घर घरमा पु¥याउने निर्णय गरेको अध्यक्ष सूर्यप्रसाद रेग्मीले बताउनुभयो ।

तरकारी सङ्कलन तथा बिक्रिका लागि रामपुर नगरपालिका वडा नं ६ को कार्यालयले रु २० हजार सहयोग गर्ने वडा अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

“खाद्य सङ्कट हुन नदिन आगामी वर्ष आर्थिक क्षेत्रमा वजेट धेरै उपलब्ध गराएर कृषि उत्पादन बढाउने खालका कार्यक्रम संचालन गर्ने तयारी गरिएको छ” उहाँले भन्नुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले कृषि उत्पादनलाई बृद्धि गर्न सकियो भने नागरिकको आयस्तर बढ्ने बताउँदै बजारीकरणका लागि संघले सहयोग गर्ने बताउनुभयो । सहकारीमा आबद्ध कृषकमध्ये करिव ७० घरपरिवारका कृषक तरकारी खेतीमा आबद्ध छन् ।

यसैगरी सहकारीले नेपाल सरकार कृषि सामग्री संस्थानको परिपत्र र निर्देशन अनुसार कृषकलाई रासायनिक मल खरिदमा मुल्य घटाएर नेपाल सरकारको हाल प्रचलित मुल्य अनुसार बिक्रि गर्ने निर्णय गरेको छ । यसभन्दा अघि सहकारीले प्रतिकिलो रु २० मा युरिया, ५० मा डिएपी र ४० मा पोटास मल बिक्रि गर्ने गरेकोमा मुल्य घटाएर युरिया रु १८, डिएपी रु ४७ र पोटास रु ३५ मा बिक्रि गरिने सचिव ओमप्रकाश रेग्मी बताउनुहुन्छ ।

SHARE