काठमाण्डौमा अलपत्र अर्घाखाची , गुल्मी र प्युठानका ४०१ जनाको उद्धार

0
714

बैशाख ११, २०७७ अर्घाखाँची :  घर जान नपाएर काठमाडौंमा अलपत्र परेका अर्घाखाँची, गुल्मी र प्युठानका ४ सय १ जना नागरिकलाई अर्घाखाँची ल्याइएको छ।

जसमा अर्घाखाँचीका ३७५ जना, गुल्मीका २३ जना र प्युठानका तीन जना रहेका छन्। काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएका युवाहरु र पूर्व(उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझीको पहलमा ११ वटा बस, एउटा हायस र दुईवटा बलेरो गाडीमा काठमाडौंमा अलपत्र परेका नागरिकलाई जिल्ला पुराइएको हो।

केन्द्रीय सरकारले जो जहाँ छ,त्यहिको सरकारले खान बस्नको व्यवस्थापन गर्ने, तर जिल्ला जिल्ला नागरिकलाई नपठाउने भनिरहेका मेला जनप्रतिनिधिले भने आ(आफ्ना नागरिकलाई गाडी चढाएरै जिल्ला(जिल्लामा पठाउने गरिरहेका छन्। यसले असुरक्षित भएर गाउँटोलमा पनि कोरोना सक्रमितको उच्च जोखिम हुने धेरैको चिन्ता छ।

 

SHARE