दुबईमा कोरोना संक्रमित नौ वर्षीय बालक निको भए

0
441

बैशाख १०, २०७७ एजेन्सी  :  दुबईमा ९ वर्षे बालक कोभिड(१९ बाट निको भएर फर्केका छन्। फिलिपिनो बालक आइसीयुमा उपचार गराएर ठीक भएका हुन्।

मार्च २२ मा अस्पतालमा भर्ना खलिफा अस्पतालबाट डिस्चार्ज भएका हुन्।उनलाई मार्च २३ सघन कक्षमा उपचारका लागि लगेर अप्रिल १ मा उनको नवौँ जन्मोत्सव मनाइएको थियो। अप्रिल ११ सामान्य वार्डमा ल्याएर २१ मा अस्पतालले कोभिड(१९ बाट मुक्त भएको घोषणा गरेको थियो।

हर्भी इमान्युल मागोस ९ वर्षे बालक हुन्। दुबईका विदेश मामिलाका राज्यमन्त्री अन्वर गर्गाशले एक ट्‍वीट गर्दै उनले भनेका छन्, खलिफा अस्पतालको सघन उपचार कक्षबाहिर मजाले हिँडिरहेको देखियो। त्यसबखत स्वास्थ्यकर्मी खुसीले ताली बजाउदैँ थिए। फिलिफिनो बालकले अस्पतालमा जन्मोत्सव मनाएका थिए।

अस्पताल भर्ना गरिएको भोलिपल्ट उनलाई सघन कक्षमा उपचारका लागि लगिएको थियो। त्यसैगरी, उनको अप्रिल १ मा नवौँ जन्मोत्सव अस्पतालमा मनाइएको थियो।

अन्तर्राषट्रिय सञ्चारमाध्यमका अनुसार दुबईमा दश लाख नागरिकको कोभिड(१९ को परीक्षण गरिसकिएको छ। संक्रमितको संख्या ७ हजार ७ सय ५५ र ४६ जनाको मृत्यु भइसकेको छ।थाहाबाट

SHARE