पानीमा मजदुर उद्धार गर्दै रेसुङ्गा नगर

0
585

टोपलाल अर्याल
गुल्मी, १० बैशाख : मंगलबार दिउँसोको मुसलधारे पानीले जलाम्य चिदिचौर । गड्याङ गुडुङ र गर्जनले तम्घास बजार थर्किएको थियो । मजदुर घर पठाउन व्यस्त नगर र घर जाने आश बोकेका मजदुरलाई पानीको कुनै प्रबाह थिएन् ।

रेसुङा नगरपालिकाले पछिल्लो पाँच दिनमा दैनिक अलपत्र मजदुरको उद्धार गरिरहेको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । उनले मंगलबार मुसलधारे पानीमा पनि बर्दिया र प्युठानका २१ जना अलपत्र मजदुरको उद्धार गरेर पठाएको जानकारी दिए ।

त्यस्तै सोमबार पनि ३१ जना, आइतबार चार र शनिबार २४ जनालाई उद्धार गरेर विभिन्न ठाउँमा पठाएको अर्यालले जानकारी दिए । अहिलेसम्म नगरले करिव दुई सयको उद्धार तथा खान बस्ने व्यावस्था गरेको जनाएको छ । त्यसमा सुत्केरीदेखि अलपत्र भारतिय नागरिक समेत छन् ।

कैयन दिन हिडेर, खान नखाएरै बालबालिका सहित अलपत्र परेका मजदुरको नगरपालिकाले खान, बस्न र स्वास्थ्य सामग्री समेत प्रदान गरेर गाडीमा गन्तव्यमा पुराउने काम भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । उनले तीन÷चार दिनको पैदल हिडेर आउने मजदुरलाइै बाटोमा कसैले नसोध्नु दुखद पक्ष भएको बताए । उनले स्थानीय तहहरुको समन्वय नभएका कारण धेरै मजदुर भोकै लामो समय हिडनु पर्ने बाध्यता रहेको बताए ।

रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले मजदुर अलपत्र पार्ने निर्माण व्यावस्याीलाई सरकारले खोजेर कारबाही गर्नुपर्ने बताए । लामो समय काम गराएर अप्ठ्यारोमा काम गरेको पैसा समेत नदिएर भाग्ने निर्माण व्यावसायीलाई कारबाहीको दायरामा नल्याएसम्म कुनै एक स्थानीय तहले मात्र उद्धार गरेर सम्भव नहुने बताए ।

SHARE