गुल्मीमा कृषि एम्बुलेन्स सेवा सञ्चालन

0
515

बैशाख ९,२०७७ गुल्मी ः गुल्मीमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि जिल्लामा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

यस लकडाउनको समयमा कृषकहरुले उत्पादन गरेका वस्तुहरु बजारसम्म पु¥याउन समस्या परेको अवस्थामा जिल्लामा कृषि एम्बुलेन्स सेवा सञ्चालन भएपछि गुल्मीका किसानहरुमा अत्यन्तै खुशी भएका छन् ।
सत्यवती गाउँपालिकामा रहेको नयाँ अभियान कृषि सहकारी संस्था, रेसुङ्गा नगरपालिकामा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था र कृषि ज्ञान केन्द्रको गरी तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याईएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।

कृषि तथा सहकारी मन्त्रालयको निर्देशन अनुसार किसानले उत्पादन गरेका अति आवश्यक र छिट्टै बिग्रने कृषि उपजहरुलाई कृषि एम्बुलेन्स मार्फत सबन्धित ठाउँमा ढुवानी गरिदिने व्यवस्था गरिएको बताइएको छ ।

SHARE