किम जङ-अनः उत्तर कोरियाका नेता बिरामी भएको हल्ला दक्षिण कोरियाद्वारा खण्डन

0
438

उत्तर कोरियाका नेता किम जङ-अन मुटुको शल्यक्रियापछि गम्भीर बिरामी परेको विवरण असत्य भएको छिमेकी दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्।

“किम गम्भीर बिरामी”, “किमको मस्तिष्कको मृत्यु” वा “किम शल्यक्रियापछि स्वास्थ्यलाभ गर्दै” जस्ता समाचार पुष्टि गर्न असम्भव नै छ।

तर दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाए अनुसार उत्तर कोरियाका ३६ वर्षीय नेता “गम्भीर बिरामी परेको” कुनै सङ्केत पाइएको छैन।

किमको स्वास्थ्यबारे हल्ला फैलिएपछि अनेकौँ अनुमान गरिएको यो पहिलो पटक हैन।

SHARE