मुसिकोटका बिधालयहरुमा फेसबुकबाट वार्षिक परिक्षाफल प्रकाशन

0
418

बैशाख ९,२०७७ गुल्मी  : मुसिकोट नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत बार्षिक परिक्षाको नतिजा प्रकाशन गरेका छन् ।
शैक्षिक सत्र २०७६ सालको वार्षिक परिक्षाको नतिजा केही विद्यालयहरुले फोन मार्फत जानकारी गराएर प्रकाशन गरेको र प्राय ः विद्यालयहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रकाशन गरेको मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख देविराम शर्माले जानकारी दिनुभएको छ । नगरपालिका अन्तर्गत रहेका बाल विकास केन्द्र सहित ७१ वटा विद्यालयले नतिजा प्रकाशन गरेको उहाँले बताउनुभयो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को सक्रंमण फैलिन नदिन नेपाल सरकारले जारी गरेको लकडाउनका कारण विद्यालयहरु पनि २८ दिन देखि बन्द रहेका छन् । बार्षिक परिक्षा सञ्चालन गरेपश्चात बन्द रहेका विद्यालयहरुलाई नगरपालिका शिक्षा शाखाले नतिजा तैयार गरी वैशाख ७ गते आईतबारसम्म सम्पूर्ण विद्यालयहरुलाई परिक्षाफल प्रकाशन गर्न अनुरोध गरेको थियो ।
सम्पूर्ण विद्यालयहरुलाई एस.एम.एस मार्फत अनुरोध गरिएको शर्माले जानकारी दिनुभयो । केही विद्यालयको भने अझै पनि नतिजा प्रकाशन भएको जानकारी नभएको र तत्कालै प्रकाशन गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । नगरपालिकामा रहेका संस्थागत विद्यालयहरुले भने अझैसम्म पनि नतिजा प्रकाशन गर्न सकेको छैनन ।
कोरोनाको सन्त्रास बढेसगैं विद्यालय बन्द भएपछि धेरै शिक्षकहरु घरमा गएकाले नतिजा प्रकाशन गर्न कठिनाई भएको बताईएको छ । यसैबीच भगवती प्राथमिक विद्यालय मुसिकोट ७ वामी काफलटोलाले पनि वार्षिक परिक्षाफल प्रकाशन गरेको जनाएको छ । जसमध्ये कक्षा २ मा अध्ययनरत विद्यार्थी सुरज लामिछाने विद्यालय प्रथम, कक्षा १ मा अध्ययनरत रिदम काफ्ले विद्यालय द्धितिय र कक्षा २ की आरती खत्री विद्यालय तृतीय भएको विद्यालयका शिक्षक जनक काफ्लेले जानकारी दिनुभयो ।

SHARE