जुभुङ्गका शाखा बाटोहरु पुर्ण रुपले बन्द

0
439

गुल्मी, वैशाख ९ः जिल्लाको गुल्मीदरबार गाउँपालीका वडा नं २ जुभुङ्गका शाखा बाटोहरु पुर्ण रुपले बन्द गरिएको छ । गुल्मीदरबार गाउँपालीका वडा नं २ कलस्टर १ मा बसेको विशेष बैठकबाट छलफल गरि बाटो बन्द गरेको वडा अध्यक्ष हरिहर गौतमले बताए । उनले लगडाउनको समयमा भटेचौर(हटिया मोटरबाटो,तम्घास रेसुङ्गा जुभुङ्ग मोटरबाटो प्रयोग गरि बिना पासका सवारी आवतजावत गरेको स्थानीयको गुनासो आएपछि बाटो बन्द गर्न परेको बताए ।
कोरोनाको रोकथाम गर्न घरमै बस्नु पर्ने जानकारी हुँदा हुँदै अन्तर वडा तथा अन्तर गाउँपालिकामा पैतल हिड्ने क्रम बढेको छ । यसलाई रोक्नको लागी वडा वासिले आफन्तलाई पनि नबोलाउन र अन्य ठाउँमा पनि नजान नेपाली काङ्ग्रेसका वडा सचीव जहरसिङ्ग थापाले अनुरोध गरे ।
गुल्मीदरबार गाउँपालिका वडा न २ गौडाकोट मजुवा सडको प्रवेशद्वारमा युवा परिचालन गरिएको छ । स्थानीय युवाको नेतृत्वमा चेकपोस्ट चैत्र २७ देखी नै निर्माण भएको छ। पास विनाको सवारी तथा अन्य वडाका वासिन्दा अति आवश्यक काम बाहेक हिड्डुल गरे सोहि स्थानमा फर्काइने झिरबास फ्रेन्ड्स स्टार क्लबका अध्यक्ष प्रकाश थापाले बताए ।
बिशेष बैठकमा बोल्दै समाजसेवी ज्ञान बहादुर खड्का, थमन बहादुर खड्का, सन्त बहादुर खड्का, प्रेम थापा, बरिस्ठ कलाकार श्री थापा, शिक्षक तथा युवाले कोरोना भाइरस रोकथामका लागी घरमा बस्न गाउँबासीलाई अनुरोध गरेका छन ।

SHARE