सिद्धबाबा माविमा अनलाइनबाट अध्यापन

0
438

रमेश विश्वकर्मा
गुल्मी, बैशाख ९ : गुल्मीको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा अनलाइनको माध्यमबाट पठनपाठन कार्य सुरु गरिएको छ ।
विश्वव्यापीे महमारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ ले शिक्षण क्षेत्रमा पारेको असरलाई मध्यनजर गर्दै एसईई दिने विद्यार्थीहरुको पढाइ प्रभावित भइरहेको समयमा आधुनिक प्रविधिलाई प्रयोग गर्दै विद्यार्थीको खाली समयलाई सदुपयोग गर्ने उदेश्यले अनलाईनका माध्यमबाट पठपाठन कार्य सुरु गरिएको विद्यालय व्यवस्थापन समिति एवं रेसुङ्गा नगरपालिका वडा नं। ८ का वडाध्यक्ष भरत भलामीले जानकारी दिए । उनले यस वडाका सबै विद्यार्थीहरुलाई लकडाउन अवधिभर साझा शिक्षा अध्यापन गराउने तयारी भइरहेको बताए ।
अहिलेको समय भनेको टेक्नोलोजीको समय हो । टेक्नोलोजीको अधिकतम प्रयोग गर्दै लकडाउनको सहि सदुपयोग गर्न विद्यालय सफल भएको विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले जानकारी दिए । पहिलो दिन आईतवार कक्षा १० मा अध्ययन गर्ने २५ जना विद्यार्थीलाई ८० मिनेट अध्यापन गराईएको प्रधानाध्यापक श्रीसले बताए ।
इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीलाई सहजै अध्यापन गराउन सकिने र एक पटकमा २५० जना विद्यार्थीलाई अध्यापन गराउन मिल्ने विद्यालयका शिक्षक टिका खड्काले जानकारी दिए ।
पछि अनलाइन प्रविधिको माध्यमबाट अन्य कक्षाका विद्यार्थीहरुलाई पनि अध्यापन गराउने तयारी भइरहेको बताईएको छ । अनलाईनको माध्यमबाट पठनपाठन सुरु भएसँगै लकडाउनका कारण दिक्क बनेका विद्यार्थीसहित अभिभावक समेत हर्षित बनेका छन् ।

SHARE