पर्बतमा मर्निङ वाक गर्नेलाई कारबाही

0
306

बैशाख ९, २०७७ पर्वत  : पर्बतमा लकडाउनको उल्लंघन गर्दै ‘मर्निङ वाकमा निस्केका २६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले कारबाही गरेको छ।

जिल्ला प्रशासन कार्यलय पर्बतले कोरोना भाइरस कोभिड १९ फैलन सक्ने जोखिमका कारण विशेष गरी बजारमा बसोबास गर्दै आएका आम नागरिकलाई ‘मर्निङ वाकमा समेत नजान भन्दै सूचना जारी गरे पनि त्यसलाई बेवास्ता गर्दै मंगलबार ‘मर्निङ वाकका लागि निस्किएकाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

अर्यालका अनुसार सदरमुकाम कुस्मा बजारबाट दुर्लुङ्चोक हुँदै गोदामतर्फ ‘मर्निङ वाकका लागि हिँडेकाहरूलाई प्रहरीले दुर्लुङचोकमा नै नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका २६ जनालाई चोकमा नै सामाजिक दूरी कायम हुने गरी उभ्याएर आधा घण्टासम्म सम्झाइबुझाइ गरेर छोडिएको छ।

SHARE