उपमहानरले दीर्घरोगीलाई औषधि उपलब्ध गराउने

0
1488

बैशाख ९, २०७७ दाङ  :  तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा रहेका दीर्घ रोगीहरुको तथ्यांक संकलन गरेको छ। लकडाउनको समयमा औषधिको अभाव नहोस् भन्नका लागि उपमहानगरपालिकाले यस्ताको तथ्यांक लिएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए।

उपमहानगरपालिकाले बिरामीहरुलाई सहज ढंगले औषधि उपलब्ध गराउनका लागि तथ्यांक लिएर काम अगाडि बढाएको समेत उनले बताए। केसीका अनुसार मुटु तथा उच्च रक्तचाप भएका ६५५ जना, मधुमेहका १९८ जना, श्वासप्रश्वासजन्य रोगका २६९ अन्य १४ जना गरेर एक हजार १३६ जना रहेका छन्। दुईवटा वडाको तथ्यांक बाँकी रहेको र सो तथ्यांक आउने बित्तिकै औषधिको व्यवस्थापन गर्ने पनि केसीले बताए। उपमहानगरपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्यकर्मीहरुले तथ्यांक संकलन गरेका हुन्।

SHARE