सुरक्षा सहकारीद्धारा रामपुर नगरपालिकाको राहत कोषमा रकम सहयोग

0
433

सुशीला रेग्मी

वैशाख ८, पाल्पा :सुरक्षा वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम सहयोग गरेको छ । आज नगरपालिका कार्यालयमा पुगेर राहत रकम बापत रु २५ हजार ५ सय रकम नगर प्रमुख रमणबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।

सहकारीका अध्यक्ष जीतबहादुर थापाको नेतृत्वमा उपाध्यक्ष मन्जु अधिकारी भट्ट, कोषाध्यक्ष शालिकराम सिग्देल र सचिव रामबहादुर रानाले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगर प्रमुख थापालाई राहत रकम हस्तान्तरण गर्नुभएको छ ।

नगरपालिकाको एकद्धार प्रणाली अन्र्तगतबाट राहत सङ्कलन गर्न थालिएपछि विभिन्न संघ संस्था, व्यक्तिबाट राहत सहयोग प्राप्त भइरहेको र प्रकोप व्यवस्थापन कोषमा सङ्कलित राहत रकम पहिलो चरणमा राहत पाउनबाट छुटेका र दैनिक जीवनयापन गर्न समस्यामा परेका नागरिकलाई सहयोग गरिने नगर प्रमुख थापाले बताउनुभएको छ ।

नगरपालिकाको एकद्धार प्रणालीबाट सुरु गरेको प्रकोप व्यवस्थापन कोषमा राहत सहयोग गरेकोमा सहकारीलाई नगर प्रमुख थापाले धन्यवाद दिनुभएको छ । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म दश लाख भन्दा बढी राहत सङ्कलन भइसकेको छ ।

SHARE