१० प्रतिशत सहुलियत पाएपछि जाजरकोटमा चामल किन्‍ने बढे

0
765

 

बैशाख ८, २०७७ जाजरकोट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटडले अनुदानको चामलमा १० प्रतिशत मूल्य घटाएर सहुलियत दिएपछि बिक्रीदर बढेको छ।
लकडाउनका बेला खाद्यान्न अभाव हुन थालेपछि सर्वसाधारणलाई छुट दिइएको लिमिटेडले बताएको छ। जाजरकोट र डोल्पाका कम्पनी प्रमुखका अनुसार अरुवा मोटो चामलको मूल्य प्रतिक्विन्टल ४ हजार ४ सयबाट घटाएर ३ हजार ९ सय ६० रुपैयाँमा दिइएको छ। त्यस्तै पुरानो चामलको मूल्य ४ हजार ५ सय रुपैयाँबाट घटाएर ४ हजार ५० मा दिइएको जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए। सदरमुकामस्थित कम्पनीको कार्यालयबाट यो दरमा खाद्यान्न बिक्री भए पनि दुर्गम ठाउँमा रहेका डिपोमा भने मूल्य फरक रहेको उनले बताए।

बारेकोट गाउँपालिकाको घाट डिपोमा खाद्यअभाव भएको खबर पाएपछि तत्काल सो ठाउँमा ३ सय ३० क्विन्टल चामल पठाइएको छ । अझै १ हजार क्विन्टल चामल पठाउने तयारी भइरहेको प्रमुख बस्नेतले जनाए। त्यस्तै छिमेकी जिल्ला डोल्पामा पनि मूल्य घटेसँगै कम्पनीको चामल बिक्रीदर अत्यधिक बढेको पाइएको छ। कम्पनीका डोल्पा प्रमुख कमलराज पाण्डेले दिएको जानकारीअनुसार सडक सञ्जासँग भर्खरै जोडिएको डोल्पामा बजारमा खाद्यान्न पाउन मुस्किल भएपछि कम्पनीको चामल लिनेको भीड लाग्न थालेको छ।
यस वर्ष जिल्लामा निर्धारण गरिएको १८ हजार चामलको कोटामा अहिलेसम्म १० हजार क्विन्टल चामल मात्र ढुवानी भएको छ। थाहाबाट

SHARE